मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ


पर्सा – पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेर भाग्दै गरेका वीरगञ्ज महानगरपालिका–११ बस्ने २० वर्षीय आकाश गिरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–८ माईस्थान अगाडि पार्किङ गरी राखेको बारा बिश्रामपुर गाउँपालिका–५ बस्ने २९ वर्षीय लंकेश्वर गुप्ताको ना.३३ प ७१३८ नम्बरको मोटरसाइकल उनले चोरी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको नियमित जाँच टोलीले उनलाई पक्राउ गरेको हो । उनीमाथि चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया