देशभर थप १३ जनामा कोरोना पुष्टी, १७ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा १३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा ३६३४ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा १७ जनाले कोरोनाबाट संक्रमणमुक्त भएका छन् । नेपालमा उक्त अवधिमा ८० हजार १४२ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

अहिलेको अवस्थामा नेपाल १८५ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया