

जुम्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामेरा जडान

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईका अनुसार आठैवटा स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामरा जडान गर्न यसअघि नै निर्देशन दिएकाे हाे । उनले भनिन्, ‘केहीमा जडान भइरहेकाे सूचना आएकाे छ । सबै कार्यालयले अनिवार्य गर्नुपर्नेछ ।’
यस्तै विगतको निर्वाचनमा टेलिफोननै नलाग्ने स्थानीय तहमा यसपटक सीसी क्यामरा जडान गरिने भएको छ ।

