माओवादीद्वारा चौरीदेउरालीमा कांग्रेस नेतामाथि आक्रमण प्रयाससहित धम्की !


काभ्रे – काभ्रेको चौरी देउराली गाउँपालिका वडा नं ९ गोठपानीमा घरदैलो अभियानका क्रममा खहरेखोला जाँदै गर्दा कांग्रेस नेता सलाम सिंह लामामाथि हमला प्रयास भएको छ ।

सशस्त्र द्वन्द्वका क्रममा माओवादीद्वारा हत्या गरिएका सहिद चन्द्र लामाका पुत्र कांग्रेस नेता लामामाथी स्थानीय तह निर्वाचनको प्रचार प्रसारको क्रममा चौरीदेउरालीको गोठपानी जाँदै गर्दा हमला हमलाको प्रयास भएको हो ।

गठबन्धनका मुख्य दल नेकपा माओवादीका कार्यकर्ता दुर्गाबहादुर श्रेष्ठ लगाएतका कार्यकर्ताले कांग्रेसको चुनाव प्रचार–प्रसारलाई अवरोध गरि उक्त पुरानो घटनालाई सम्झाई त्यही हालतमा पुर्याईदिने धम्की समेत दिएका छन् ।

माओवादी अध्यक्ष उम्मेदवार राम लामाले समेत अर्का कांग्रेस नेता पेमा लामालाई समेत फोनबाट धम्किसमेत दिएको जनाइएको छ । काठमाडौंमा रहेका उम्मेदवार लामाले ‘भोलि गाउँ आउँछु तयार भएर बस’ भनेर फोनबाट पेमा लामालाई धम्की दिएको जनाइएको छ ।

नेपाली कांग्रेस गोठपानीद्वारा धम्की दिनेहरु उपर इलाका प्रहरी कार्यालय कात्तिके देउरालीमा उजुरीसमेत दिएको छ ।

प्रतिक्रिया