

दाङबाट कटुवा पेस्तोल सहित एक जना पक्राउ

दाङ – प्रहरीले लमही नगरपालिका(३ मझगाउँस्थित प्रतिक्षालयबाट एक थान कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ ।
भारत घर बताउने १९ वर्षीय सोमु बिकलाई बिहीबार राति पेस्तोल सहित प्रहरीले पक्राउ गरेको हो ।
उनले कटुवा पेस्तोल कम्मरमा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उक्त पस्तोल सहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

