
‘रुख’ र ‘हँसिया हथौडा’ एकै ठाउँमा भएको २०४६ सालदेखि होः माओवादी अध्यक्ष प्रचण्ड
चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुख र हँसिया हथौडा २०४६ सालदेखि नै एक भएको बताएका छन् । चितवनको भरतपुरमा आयोजित गठबन्धनको पहिलो चुनावीसभालाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।
मन्तव्यका क्रममा दाहालले २०४६ सालको जनआन्दोलनबाट नेपालका कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस एक भएर अगाडि बढ्न थालेको बताए । अहिले आएर मात्रै हँसिया हथौडा र रुख सँगै हिँडेको नभई यस गठबन्धनप्रति औंला उठाउनेप्रति प्रचण्ड कडा रुपमा प्रस्तुत भएका थिए ।
उनले प्रतिप्रश्न गरे, ‘के २०४६ सालको आन्दोलनमा रुख र हँसिया हथौडा सहकार्य गर्नुपर्दैनथ्यो ?, गणेशमान सिंहको कमाण्डरसिपमा सबै मिलेर पञ्चायती व्यवस्थाको अन्त्य गरेको होइन र ?’



कागजपत्र |
