भ्वाइस अफ नेपाल-४ का लागि जेठ १ सम्म डिजिटल अडिसन दिन सकिने


काठमाडौं – ‘द भ्वाइस अफ नेपाल सिजन ४’का लागि जेठ १ गतेसम्म आवेदन दिन पाइने भएको छ । दुई महिनादेखि सुरु भएको आवेदनमा उत्साहजनक सहभागिता रहेको जनाइएको छ ।

निर्देशक लक्ष्मण पौडेलले निर्धारित मितिभित्रै आवेदन दिन इच्छुकलाई आग्रह गरे । अडिसनमार्फत डेढ सय जना छनोट हुने र ब्लाइन्ड अडिसन सुटिङ आगामी दुई महिनामा सुरु हुने जानकारी पौडेलले दिए ।

गुगल प्ले र एप स्टोरमार्फत भ्वाइस अफ नेपालको आधिकारिक एप डाउनलोड गरेर आवेदन दिन सकिने भएको छ । एपमार्फत भिडियो पठाउनुपर्ने नियम छ ।

प्रतिस्पर्धामा १२ जनाको समूह हुने भएकाले झण्डै डेढ सय जनालाई ब्लाइन्ड अडिसनमार्फत छनोट गर्ने योजना छ । चार जनामध्ये केही कोच परिवर्तन हुने जानकारी समेत निर्देशक पौडेलले दिए ।

द भ्वाइस अफ नेपालका अघिल्ला तीनैवटा सिजन सफल भइसकेका छन् । यो गायन रियालिटी शो हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।

प्रतिक्रिया