

अदालतबाट २४ लाख ५९ हजार जरिवाना ठहर भएका सुवाल पक्राउ

काठमाडौं – नेपाल प्रहरीले उच्च अदालत पाटनबाट २४ लाख ५९ हजार ८२२ जरिवाना भएका एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले उच्च अदालत पाटनले छ दिनको कैद सजाय र २४ लाख ५९ हजार ८२२ जरिवाना भएका भक्तपुर नगरपालिका–२ ब्यासीका ४७ वर्षीय विकुबहादुर सुवाललाई आज पक्राउ गरेको हो ।
ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विसं २०७८ फागुन ३० को फैसलापछि फरार रहेका सुवाललाई आज भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ सुवालले आफ्नो एनआइसी एसिया बैङ्क लिमिटेडको खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारेर पीडितलाई खाली चेक दिएर बैङ्किङ कसुर गरेका थिए ।
पक्राउ उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेस गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।

