आज २३औं मनमोहन स्मृति दिवस, विभिन्न कार्यक्रम गरिँदै


काठमाडौं– आज मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। मनमोहन स्मृति प्रतिष्ठान सानेपाले आज विशेष कार्यक्रम आयोजना गर्दैछ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा प्रतिष्ठानले बिहान कार्यक्रमको आयोजना गर्दैछ। नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका नेता अधिकारीको नेतृत्वमा ०५१ मा नेकपा एमालेले ९ महिना सरकार चलाएको थियो।

९ महिने सरकारको लोकप्रियताको जस अहिले पनि नेकपा एमालेले पाउँदै आएको छ। अधिकारी प्रधानमन्त्री भएकै बेला आफ्नो गाउँ आफै बनाउँदेखि सामाजिक सुरक्षा भत्तालगायतका निकै लोकप्रिय कार्यक्रम ल्याएका थिए।

अहिले पनि एमालेले हरेक निर्वाचनमा ०५१ को ९ महिने सरकारका लोकप्रिय कार्यक्रमको चर्चा गर्दै आइरहेको छ। अधिकारीले तत्कालीन समयमा पार्टी अध्यक्षको नेतृत्व समेत सम्हालेका थिए।

प्रतिक्रिया