सक्रिय राजनीतिबाट बिदा लिँदैछु : कांग्रेस नेता गुरुराज घिमिरे


काठमाडाैँ- नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले राजनीतिबाट बिदा हुने निर्णयमा पुगेको बताएका छन। विद्यार्थी राजनीतिबाट उदाएका नेता घिमिरेले सामाजिक सञ्जाल ट्वीटरमा लेखेर स्थानीय तहको निर्वाचनलगत्तै सक्रिय राजनीतिबाट बिदा हुने निर्णयमा पुगेको बताएका हुन्।

उनले लेखेका छन्, ‘सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ। स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु। स्थानीय तहमा देशभरी उम्मेदवार बन्नु भएका साथीहरूलाई बिजयको शुभकामना छ।’

कांग्रेसको १४ औँ महाधिवेशनमा प्रदेश १ को सभापतिमा झिनोमतले पराजित घिमिरे डा.शेखर कोइराला समूहका नेता हुन्।

प्रतिक्रिया