यी हुन् गोरखा कांग्रेसका पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार


काठमाडाैँ- नेपाली कांग्रेस गोरखाले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ । हिजोराती देखि सुरु भएर आज बिहान सकिएको बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । अधिकासं पुरानै अनुहार दोहोरिएका छन् ।

अजिरकोट गाउँपालिका अध्यक्षमा गोबिन्द गुरुङ, उपाध्यक्ष इन्द्र गुरुङ उम्मेदवार बनेका छन् । यी दुबै नयाँ हुन् । सिरानचोक गाउँपालिकामा अध्यक्ष ज्ञानेन्द्र गुरुङ, उपाध्यक्ष रिता देवकोटालाई कांग्रेसले टिकट दिएको छ । अध्यक्ष नयाँ हुन् भने उपाध्यक्ष दोहोरिएकी हुन् । गण्डकी गाउँपालिकामा अध्यक्ष होमबहादुर राना, उपाध्यक्ष ललिता अधिकारी रहेका छन् । यी दुबै दोहोरिएका हुन् ।

भिमसेन थापा गाउँपालिका अध्यक्षमा रोसन गुरुङ, उपाध्यक्ष अमृता वस्तीलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ । यी दुबै नयाँ हुन् । आरुघाट गाउँपालिका अध्यक्षमा राजु गुरुङ, उपाध्यक्ष कल्पना नेपाली रहेका छन् । अध्यक्ष गुरुङ नयाँ हुन् भने उपाध्यक्ष नेपाली दोहोरिएकी हुन् ।

धार्चे गाउँपालिकामा अध्यक्ष सन्तोष गुरुङ, उपाध्यक्ष फुलमाया गुरुङ उम्मेदवार बन्ने भएका छन् । यी दुबै दोहोरिएका हुन् ।चुमनुब्री गाउँपालिका अध्यक्षमा कांग्रेसबाट धनबहादुर गुरुङ, उपाध्यक्ष चयन हुन् बाँकी छ । अध्यक्ष गुरुङ दोहोरिएका हुन् ।

बारपाक सुलिकोट गाउँपालिका अध्यक्षमा जितबहादुर घले र उपाध्यक्षमा जानुका सापकोटा उम्मेदवार बनेका छन् ।यस्तै शहीदलखन गाउँपालिका अध्यक्षमा नारायण लामिछानेले उम्मेदवारी दिने भएका छन् भने उपाध्यक्ष टुङ्गीन बाँकी छ ।गोरखा र पालुङटारको भने गण्डकी प्रदेश समिटिले टुङ्गो लगाउने भनेकाले निर्णय आउन बाँकी रहेको कांग्रेस गोरखाले जनाएको छ ।

प्रतिक्रिया