पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु


काठमाडौं – सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बलान विहुल गाउँपालिकामा–५ की ६ वर्षीया अनुषाकुमारी यादवको पोखरीमा नुहाउने क्रममा डुबेर शनिबार मृत्यु भएको हो ।

उनको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
अनुषा बलान विहुल गाउँपालिका–५ का रविन्द्र यादवकी छोरी हुन् ।

प्रतिक्रिया