धवल शमशेरको क्षेत्रमा राप्रपा एक्लै लड्ने


काठमाडौँ- राप्रपाले आसन्‍न स्थानीय तहको चुनाव एक्लै लड्ने भएको छ। राप्रपाको यो निर्णयसँगै गत स्थानीय चुनावमा धवल शमशेरले जितेको क्षेत्रमा पनि राप्रपा एक्लै लड्ने भएको छ। शमशेरले बाँकेको नेपालगञ्‍ज उपमहानगपालिकामा जितेका थिए।

सोही क्षेत्र राप्रपाको प्रभाव रहेको क्षेत्र हो। अहिले धवल शमशेर प्रमुख पदमा नदोहोरिने भएका छन्।  पार्टीले नेपालगञ्‍जको मेयरको उम्मेदवारमा तेजविक्रम शाह, गौरव चन्द, सफिक बेहना र ओमप्रकाश आजादको नाम सिफारिस गरेको छ।

प्रतिक्रिया