
सत्तागठबन्धन : तालमेलको माइन्युट गर्न आज पनि बैठक
काठमाडौँ- आसन्न स्थानीय तहको चुनावको भागबण्डाबारे सैद्धान्तिक छलफल भए पनि अन्तिमरूप दिन आज पुन: सत्तागठबन्धनको बैठक बस्दैछ। मंगलबार रातिदेखि बिहान साढे २ बजेसम्म गठबन्धनका शीर्ष नेताहरू सहमतिका लागि छलफलमा जुटे पनि अन्तिम निष्कर्षमा पुग्न सकेनन्। सहमति हुन नसकेपछि बिहान ११ बजे फेरि जुट्ने गरी बैठक सकिएको थियो।
गठबन्धनका दलहरू महानगर र उपमहानगरको भागबण्डालाई लिएर बैठक बसिरहेको छ। गठबन्धनले महानगरको भागबण्डा मिलाए पनि उपमहानगरको बाँकी रहेकाले आज बैठक बस्न लागेको जनाइएको छ। बुधबारको बैठक भागबन्डाको अन्तिम बैठक रहने माअाेवादी नेता देव गुरूङ बताउँछन्। उनका अनुसार माइन्युट गरेर बुधबारको बैठक टुंगिनेछ।



कागजपत्र |
