

एमालेसँग चुनावी तालमेल गरेको परिवार दलको २१ पालिकामा दावी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेको नेपाल परिवार दलले २१ पालिकाको प्रमुखको उम्मेदवारी आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ ।
परिवार दलका महामन्त्री सन्तोष पौडेलले परिवार दलको बहुल्यता भएको पालिकामा परिवार दलको बलियो संगठन रहेको दावी गरे ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएका तराइका जिल्लामा आफ्नो संगठन रहेको दाबी गर्दै पौडलले बताए । अघिल्लो स्थानीय तहको निर्वाचनमा परिवार दलले मुगुको एक वडा सदस्यमा जित निकालेको थियो । यसपटक भने वडा तहको बाँडफाँट जिल्ला तहमै टुंगिने पौडेलले बताए ।

