ललितपुरमा एमालेका उम्मेदवार छनौट गर्न अन्तर्वार्ता


काठमाडौँ- नेकपा एमाले ललितपुरले आसन्‍न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्‍न अन्तर्वार्ता लिन सुरु गरेको छ। एमाले ललितपुर क्षेत्र नम्बर १ ले आइतबार मात्र कोञ्ज्योसोम गाउँपालिकाका आकांक्षीसँग अन्तर्वार्ता लिएको छ। अध्यक्षका आकांक्षी कृष्णमान लामा, कृष्ण सापकोटा र कविन्द्र लामा तथा उपाध्यक्षका आकांक्षी रनिता तामाङ र सुनिता तामाङसँग अन्तर्वार्ता लिइएको हो।

क्षेत्र नम्बर १ मा मधुसुधन पौडेलको संयोजकत्वमा कार्यदल छ। सदस्यमा तारा सञ्‍जेल, नवराज सिलवाल र चेतनाथ सञ्‍जेल छन्। एमाले अध्यक्ष पुरुषोत्तम आचार्यका अनुसार क्षेत्रीय कमिटीले जिल्लालाई उम्मेदवार सिफारिस गर्नेछ।

उनले भने, ‘संस्थागत र विधिवत ढंगबाट उम्मेदवार सिफारिस गर्न कार्यदल बनाएका हौँ। उपयुक्त व्यक्तिलाई छिट्टै सिफारिस गर्छौं।’ महाकाल कमिटीका अध्यक्ष पुरुषोत्तम हुमागाईंले पनि आफूहरुलाई अन्तर्वार्ताका लागि पार्टीले बोलाएको बताए।

प्रतिक्रिया