देशभर थप १२ जनामा कोरोना पुष्टी, ३६ जना संक्रमणमुक्त


काठमाडौं  – नेपालमा पछिल्लो २४ घन्टामा थप १२ जनामा कोरोना पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा गरिएको ३४८९ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा ३६ जना कोरोनामुक्त भएका छन् । अहिलेको अवस्थामा नेपालमा ३ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा गत २४ घन्टामा कुनै पनि संक्रमितले ज्यान गुमाएका छैनन् ।

No photo description available.

प्रतिक्रिया