

स्याङ्जा जीप दुर्घटना अपडेटः ५ को मृत्यु, ६ घाइते, मृतक सबैको सनाखत

स्याङ्जा – स्याङ्जामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
आइतबार बिहान सवा १० बजे वालिङ नगरपालिका–१२ मा जिप सडकबाट खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेतले जानकारी दिए।
डाँडाखर्कबाट वालिङ बजार आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट तल खस्दा ६५ वर्षीय वीरबहादुर दाला, ४५ वर्षीया हिरा दाला, २५ वर्षीया शर्मीला सारू, उनका अन्दाजी ७ महिना छोरा र ६१ वर्षीया कुलकुमारी कनौजे छन्।
दुर्घटनामा ६ जना घाइते छन्। उनीहरू सबैलाई गण्डकी अस्पताल पोखरा पठाइएको छ। उनीहरूमध्ये चार जना गम्भीर अवस्थामा रहेको प्रहरी उपरीक्षक बस्नेतले बताए।
उनका अनुसार जिपमा ११ जना सवार थिए।

