एमालेले जितेका स्थानमा गठबन्धनमा हाम्रो दाबी हुन्छ : माधवकुमार नेपाल


काठमाडाैँ- सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका पाँच दलबीच स्थानीय तहमा उम्मेदवारीका लागि सिट बाँडफाँट गरिँदा गत चुनावमा आफ्नो पुरोना पार्टी एमालेले जितेका स्थान आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरेका छन्।

पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले ०७४ सालको निर्वाचनमा एमालेले जितेका स्थानको हकदार एकीकृत समाजवादी भएको बताएका हुन्।

अहिले सत्ता गठबन्धनमा रहेका सबै दलले ०७४ सालको निर्वाचनमा भाग लिएको उल्लेख गर्दै उनले त्यसबेला आफूहरूले एमाले पार्टीको नाममा चुनाव लडेको तर्क गरे।

‘त्यसकारण एमालेले प्राप्त गरेको सफलतामा हाम्रो हक लाग्छ’, अध्यक्ष नेपालले भने। गठबन्धनका अन्य दलले भन्दा एमालेका जितेका स्थानका मतदातालाई आफ्नो पार्टीले तान्न सक्ने उनले दाबी गरे।

प्रतिक्रिया