१४ लाख बराबरकाे मोटरका सामान बरामद


इलाम – इलामबाट प्रहरीले १४ लाख बराबरको मोटरका सामग्री बरामद गरेको छ। इलाम रोङ गाउँपालिका-४ किटेनीस्थित मानेबुङ जाने भित्री सडकखण्डबाट रु १४ लाख ३७ हजार ३०० बराबरको मोटरका सामग्री बरामद गरेको हो।

प्रहरीले आज उक्त सामान सार्वजनिक गरेको छ। वैशाख १ गते सामान पक्राउ गरिएको थियो। इलामबाट झापातर्फ जाँदै गरेको प्रदेश नं १-०१-००१च ७६९१ नंको पिकअप गाडीबाट सो सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गाबहादुर थापाले जानकारी दिए।

उक्त पिकअप गाडी प्रहरी नियन्त्रणमा छ भने चालक फरार रहेको जनाइएको छ। फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।

प्रतिक्रिया