
भूमिकास्थानमा नगरप्रमुख नदिए गठबन्धन स्वीकार्य हुँदैन : जनमोर्चा महासचिव भट्ट
कसैको दान र कृपाका आधारमा नभइ क्षमताका आधारमा भाग चाहिँने उनले बताए । उनले सम्मानजनक भागवन्डा नभए गठबन्धन स्वीकार्य नहुने दाबी गरेका हुन् ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले भूमिकास्थान नगरपालिका-३ धारापानीमा गरेको आमसभालाई सम्बोधन गर्दै महासचिव भट्टले एमालेले धर्मको राजनीति गरेका कारण आफूहरूले विकल्प खोजेको बताए ।
कांग्रेससँग नीति सिद्धान्त मिलेरभन्दा पनि प्रतिगमन परास्त गर्नका लागि कांग्रेस माओवादीसँग गठबन्धन गर्नुपरेको नेता भट्टको दाबी थियो ।



कागजपत्र |
