
सलमान खानका भाइ सोहेल काठमाडौँमा
काठमाडौँ– बलिउड अभिनेता सलमान खानका भाइ सोहेल खान काठमाडौं आएका छन्। नेपाल वायुसेवा निगमको जहाजमा उनी बुधबार मुम्बईबाट काठमाडौं आइपुगेका हुन्। उनी आगामी जेठ १४ गते दशरथ रंगशालामा हुने दाइ सलमानको ‘दबंग लाइभ इन नेपाल’ सांगीतिक कार्यक्रमको तयारी के कस्तो छ भनेर बुझ्न काठमाडौं आएका हुन्।
आयोजक ओडीसी इन्टरटेन्मेन्ट प्रालिका अनुसार आज बिहीबार दिउँसो १ बजे सोल्टी होटलमा आयोजना गरिने पत्रकार सम्मेलनमा सलमानका भाइ सोहेल सहभागी हुनेछन् र आजै साँझ भारत फर्किने छन्।
जेठ १४ को कार्यक्रमका लागि अभिनेता सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवालगायत १० जनाभन्दा बढी भारतीय कलाकार काठमाडौं आउने तयारी छ। कोरोनाले सुस्ताएको नेपालको पर्यटन पुनरुत्थानका लागि बलिउड स्टार सलमानको उपस्थितिमा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो।



कागजपत्र |
