आजको माैसम : पहाडी भेगमा वर्षाको सम्भावना


काठमाडौँ- देशका पहाडी भेगमा आज वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

विहान सार्वजनिक बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

अन्य भू-भागमा सामान्यतया मौसम सफा रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया