

बीस लाख मूल्य बराबरको कपडा बरामद

सुरूङ्गा – अवैधरूपमा नेपाल भित्र्याइएको २० लाख रूपैयाँ मूल्य बराबरको कपडासहित दुई वटा सवारी प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडस्थित भद्रपुर रोडबाट को१ज २४४० नम्बरको मारुती भ्यान र डब्लूबी ७४ टी १४५५ नम्बरको मारुतीसहित ४१ थान कपडा बरामद गरेको हो।
भारतीय नम्बर प्लेटको सवारीको प्रज्ञापन–पत्र नभएको र को१झ २४४० नम्बरको सवारीमा कपडा लोड गरेको अवस्थामा प्रहरीले फेला पारेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले बताए।
वरामद गरेको कपडा आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरी पठाइएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए। यसअघि जिल्ला प्रहरी कार्यालय झापाले काँकरभिट्टाबाट २० लाख रूपैयाँ मूल्य बराबरको बिस्कुटसहित एउटा कन्टेनर नियन्त्रणमा लिएको थियो।

