गोदावरीका तत्कालीन प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकामा अनियमितता भएको आरोपमा ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले नगरपालिकाको कैलालीमा १३ वटा सडक निर्माणमा अनियमितता भएको आरोपमा मुद्दा दायर गरेको हो ।
अख्तियारले गोदावरी नगरपालिकाको तत्कालीन प्रशासकीय अधिकृत खेमराज विष्ट, देवराज जोशी, तत्कालीन इन्जिनियर पूर्ण कुँवर, सवइञ्जिनियर रामचन्द्र भण्डारी, नरेन्द्र शाही, राजेन्द्र भण्डारी, ल्याब टेक्निसियन धनबहादुर विष्ट र निर्माण व्यवसायी डम्बर चन्दविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरुमाथि ७४ लाख ४१ हजार रुपैयाँ विगो मागदावी छ ।