गठबन्धनको चुनावी संयन्त्रको बैठक बस्दै, होला त भागबन्डाको निर्णय?


काठमाडौं– कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको पाँच दलीय चुनावी संयन्त्रको बैठक आज बस्दै छ ।  बैठकमा स्थानीय तहबाट आएका प्रतिवेदनहरूमाथि छलफल हुनेछ। हिजाे पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनकाे बैठकमा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा आएका प्रतिवेदनहरूमाथि छलफल भएको थियो । छलफल भए पनि कुनै निर्णय नभएको सरकार प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

कार्कीका अनुसार बैठकमा गठबन्धनलाई निर्वाचनमा कसरी अगाडि बढाउने भन्ने बारेमा सुझाव सङ्कलन गरी शीर्ष नेताहरूलाई बुझाउने तयारी छ । स्थानीय तहबाट आएका प्रतिवेदनमा संयन्त्रको बैठकका सुझावहरू समेत आज शीर्ष नेताहरूलाई बुझाएर शीर्ष तहबाट नै निर्णय हुने उनले बताए ।

अधिकांश स्थानीय तहबाट प्रतिवेदन आएको उनले बताए । सरकारमा रहेको पाँच दलहरूले स्थानीय निर्वाचनमा गठबन्धन कायम राख्न कांग्रेस नेता पौडेलको नेतृत्वमा संयन्त्र बनाएको थियो ।

प्रतिक्रिया