देशको आर्थिक अवस्थाबारे एमालेले धारणा सार्वजनिक गर्दै


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्दै छ ।  ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन आयोजना गरी एमालेले पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो ।

एमाले केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडा र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षद्धय डा दिनेशचन्द्र देवकोटा र प्रा डा पुष्पराज कँडेलको उपस्थितिमा एमालेले पत्रकार सम्मेलन गर्न लागेको हो ।

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि आक्रोशित एमालेले त्यसबारे पनि पार्टीको धारणा राख्ने  बताइएको छ ।

प्रतिक्रिया