करेन्ट लागेर साहको मृत्यु


राजविराज – सप्तरीको बोदेबर्साइन नगरपालिका-८ काचनमा आज ११ हजार भोल्टको करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । स्थानीय बासिन्दा ६५ वर्षीय रामनारायण साहको करेन्ट लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

नयाँ घरको छतमाथि रेलिङमा पानी हाल्दै गर्दा छतको माथि रहेको ११ हजार भोल्टको तारमा अचानक छुन जाँदा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर सिकिस्त भएका उनको तत्कालै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया