नेपाल बारको मत गणना आजदेखि, कसले मार्ला बाजी ?


काठमाडाैँ – नेपाल बार एसोसिएशनको मतगणना आज मंगलबारबाट हुने भएको छ । १९ चैतमा भएको मतदानको मतगाण्ना मंगलबार सुरु हुने प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले जानकारी दिएकी छन् ।

काठमाडौं उपत्यका बाहिर रहेका ३४ मतदान केन्द्रबाट मतपेटिका आइसकेकाले अब मतगणना गरिने उनको भनाइ छ।  २५ सदस्यीय कार्यसमितिका लागि ७५ उम्मेवार चुनावी मैदानमा छन् । तीन वर्षका लागि नयाँ नेतृत्व चयन हुन लागेको हो ।

बार निर्वाचनमा कुल नौ हजार ६०७ मतदाता छन् । जसमध्ये उपत्यकामा छ हजारभन्दा बढी छन् । उपत्यकाबाहिर तीन हजार हाराहारीमा मतदाता रहेका छन् ।

यो पटक निर्वाचनमा सत्तारूढ दलको गठबन्धनले बृहत् लोकतान्त्रिक समूह निर्माण गरेर वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको नेतृत्वमा चुनावी मैदानमा छ । यस्तै प्रमुख प्रतिपक्ष दल निकटबाट वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीको नेतृत्वमा प्यानल तयार भएको छ ।

प्रतिक्रिया