
युद्धमा युक्रेनी बालक : भोलि खाने भन्दै खाना लुकाउँछन्
लभिभ – रुसी फौजको नियनत्रणमा रहेको युक्रेनी सहर मारिउपोलमा दसौँ हजार सर्वसाधारण विना बिजुली, पानी र ग्यास कष्टकर जिवन सहन बाध्य छन् । मानवीय राहत सामग्री वितरण र स्थानीय वासिन्दालाई त्यहाँबाट बाहिर लग्ने थुप्रै प्रयासहरू असफल भइसकेका छन् ।
अहिलेसम्म जति पनि त्यहाँबाट बाहिरिए, उनीहरूले निकै ठूलो दुख खप्नुपर्यो । त्यसमा पनि विशेष पीडितमा बालबालिका छन् । उनीहरूले सबैभन्दा पहिले किन्ने भनेको रोटी, ससेज र पानी हो । तीन सातासम्म मारिउपोल सहरस्थित आफ्नो अपार्टमेन्टमा लगातार रुसी फौजको आक्रमणका क्रममा झ्यालहरूसमेत ध्वस्त भएपछि नादिया देनिसेन्काले आफ्ना बालबालिकासँगै सहर छाडेकी थिइन् । धेरै दिनसम्म उनीहरूसँग निकै थोरै खाना मात्र थियो । पिउने पानी त नहुनु बराबरै थियो ।
विगत सम्झँदै नादिया भन्छिन्, ‘कतै पानीको बोतल भेटिँदा हामी निकै खुसी हुन्थ्यौँ । त्यो पानी पनि केहि सेकेन्डमै सकिन्थ्यो । म १४ र ५ वर्षका दुई छोरा र १२ वर्षीया छोरी लिएर सुरक्षित तरिकाले आफन्त कहाँ पुगेँ । युद्ध सुरु हुँदा मेरो कान्छो छोराले केही रोटी खान मन लागेको बताएका थिए ।’
उनीहरूको पलायन यात्रा निकै कष्टकर थियो । सहर छाड्ने मौकाको प्रतीक्षामा बस्दा मारिउपोलमा उनीहरूले करिडोरमा बाक्लो पर्खाल पछाडि रातहरू काटे । उनीहरू भूमिमुनिको तलामा सुत्थे । बिहान करिब ५ बजे भयानक विस्फोटको आवाज सुनेर उनीहरूको निद्रा खुल्थ्यो । ती विस्फोटका आवाज कहिले नजिक त कहिले टाढाबाट आउँथे ।
एउटा सुपरमार्केटमा काम गर्ने गरेकी ३९ वर्षीया नादिया भन्छिन्, ‘जिन्दगी पूर्णतस् नारकीय थियो । हामी सबै अनिश्चित जिन्दगी बाँचिरहेको थियौँ । भोलि बिहान जिउँदै आँखा खोलिन्छ कि खोलिन्न भन्ने थाहा थिएन । उनीहरूले निर्ममतापूर्वक लगातार आक्रमण गरिरहेका थिए । मेरो सानो छोरो किन त्यस्तो ठूलो विस्फोटनका आवाज आइरहेको भनेर सोध्ने गर्थ्यो । म उसलाई चिन्ता नगर्न र त्यो पटाखा पड्केको भन्दै सम्झाउने गर्थें । उनले फेरि हामीलाई उनीहरूले किन मार्न खोजिरहेको भनेर सोध्थे ।’
युक्रेनमाथि आक्रमण गर्ने क्रममा रुसी फौजले मारिउपोललाई सबैभन्दा बढी आक्रमण गरेको छ । त्यहाँ जल, स्थल र आकासबाट आक्रमण गरिएको छ । थुप्रै लाशको सामूहिक अन्त्येष्टि गरिएको छ ।
नादियाले भनिन्, ‘घर बाहिर अलि बढी न्यानो हुने हुनाले हामी प्रायस् बाहिरै बस्थ्यौँ । अन्तिम दुई दिन खाने नाममा गेडागुडी र दालसमेत थिएन । पैसाको मतलबै थिएन । सहरमा खाद्यान्न नै रित्तिसकेको थियो । भाग्ने प्रयासको क्रममा एकपटक केही कारहरू भएको ठाउँमा गयौँ । तर अचानक त्यहाँ गोलाबारुद बर्सियो । भाग्यले नजिकको एउटा क्षतिग्रस्त भवनमा लुकेर ज्यान बचायौँ ।’



कागजपत्र |
