


कहिले हुने भयो त इन्स्पेक्टरको लिखित परिक्षा ? (सूचनासहित)

काठमाडौं – नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि लिखित परिक्षाको मिति सार्वजनिक गरिएको छ । लोकसेवा आयोगले आगामी जेठ २२, २३ र २४ गतेका लागि परिक्षाको कार्यक्रम निर्धारण गरेको छ ।
लोकसेवाका अनुसार विज्ञापन नं. ४२÷०७८÷७९ को खुला तथा समावेशीतर्फको प्रहरी निरीक्षकको लिखित परिक्षाको प्रथम पत्रको परिक्षा जेठ २२ गते हुने भएको छ भने द्वितीय पत्रको परिक्षा २३ गते हुने भएको छ ।
त्यस्तै तृतीय पत्रको परिक्षा २४ गते हुने जनाइएको छ । परिक्षा केन्द्र भने पछि प्रकाशित गरिने लोकसेवा आयोगले जनाएको छ ।

