
आफ्नो कार्यकर्ता कुट्ने गाउँपालिका उपाध्यक्षलाई तत्काल कारबाही गर्न काँग्रेस इलामको माग
इलाम- इलामको फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्षद्वारा काँग्रेसका कार्यकर्ता कुटेको भन्दै नेपाली काँग्रेसले आपत्ति जनाएको छ। गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई(सरु)ले गत चैत्र १८ गते पालिकाका अध्यक्ष रामकुमार श्रेष्ठको कक्षमा पसेर सोही पालिकाका वडा नम्बर १ का कृष्णबहादुर खड्कामाथि कुटपिट गरेकी थिइन्। उपाध्यक्ष राईद्वारा कुटिएका खड्का काँग्रेस फाकफोकथुम गाउँपालिकाका सदस्य हुन् । राईको कुटाइबाट खड्का घाईते भएको भन्दै घटनाप्रति काँग्रेस इलामले विज्ञप्ति जारी गर्दै घोर भर्त्सना गरेको छ ।
पालिकाका अध्यक्ष श्रेष्ठसंग आन्तरिक छलफल भइरहेका बेला पालिकाका उपाध्यक्ष राई एक्कासी प्रवेश गरेको र गालीगलौज गर्दै खड्कामाथि आक्रमण गरेको
विज्ञप्तिमा जनाइएको छ। काँग्रेस इलामका सभापति डम्बर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा पिडक राईलाई तत्काल कानुनी कठघरामा ल्याई कारबाही गर्न र पिडितलाई उचित न्याय दिनुपर्ने माग गरिएको छ।
गाउँपालिकामा मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवादका क्रममा राईले खड्कामाथि कुटपिट गरेको बताइन्छ। यता उपाध्यक्ष राईले चुनावको मुखमा ‘भएनभएका अरूका कमजोरी’आफूमाथि लाद्ने प्रयास गरिएको र अश्लील शब्दसमेत प्रयोग गरिएकाले आफूले प्रतिकार गरेको जनाएकी छिन् ।




कागजपत्र |
