
कोरोनाका कारण विदेश पढ्न जान रोकिएका विद्यार्थीलाई चैत २५ भित्र मन्त्रालयमा निवेदन निर्देशन
काठमाडाैँ- कोरोनाले गर्दा विदेशमा पढ्न जान रोकिएका विद्यार्थीहरूले चैत २५ भित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ।
कोरोना महामारी र लकडाउनका कारण चीनलगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केका थिए।
कोरोना र लकडाउनले पढाइलाई निरन्तरता दिन नपाएका विद्यार्थीहरूलाई मन्त्रालयले निवेदन दिई सम्पर्कमा आउन भनेको छ।
www.moest.gov.np मा राखिएको निवेदनको ढाँचामा उल्लेखित विवरण खुलाएर चैत २५ भित्र मन्त्रालयको शिक्षा शाखाको इमेल technicaleud@moest.gov.np मा निवेदन दिन पनि मन्त्रालयले आग्रह गरेको छ।



कागजपत्र |
