नेपालीले ८ महिनामै खाए ५६ करोडको भारतीय आलु


काठमाडौँ– नेपालमा चालु आर्थिक वर्षको आठ महिनामा विश्वका चार देशबाट तरकारीको आयात आकाशिएको छ। आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्तमा ११ अर्ब ५२ करोड ९५ लाख ९७ हजार रुपैयाँ मूल्य बराबर आलु, प्याज र गोलभेँडा भारत, चीन, बंगलादेश तथा इन्डोनेशियाबाट आयात भएको हो।

सबैभन्दा धेरै आलु भारतबाट छ अर्ब ५६ करोड ४६ लाख ४३ हजार रुपैयाँ र बंगलादेशबाट २४ करोड ८१ लाख ५९ हजार रुपैयाँ गरी कूल छ अर्ब ८१ करोड २८ लाख दुई हजार मूल्य बराबरको आयात भएको छ। भारतबाट २५ करोड ८१ लाख ३२ हजार ८३७ र बंगलादेशबाट एक करोड ४६ लाख ३८ हजार ८०० किलो आलु आयात भएको छ ।

सोही अवधिमा चार अर्ब ३० करोड ५४ लाख ३९ हजार रुपैयाँ मूल्यको प्याज भारत र चीनबाट आयात भएको छ। भारतबाट ११ करोड ५५ लाख ३२ हजार ६८७ किलो र चीनबाट ७३ हजार ६८० किलो प्याज आयात भएको भन्सार विभागको तथ्यांक छ।

प्रतिक्रिया