आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना


काठमाडौँ- देशको पूर्वी भू–भागको मौसम आज बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुन सक्छ।

यस्तै बागमती प्रदेश, गण्डकी र प्रदेश १ मा वर्षा हुन सक्ने जनाइएको छ। मौसम विभागले विहान प्रकाशित गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार यी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्छ। हाल देशमा भारतको बिहारदेखि बंगालको खाँडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

प्रतिक्रिया