कांग्रेसले भन्यो : प्रधानमन्त्रीको भारत भ्रमणमा मोदीसँग सीमा विवादको कुरा हुन्छ


काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सीमा विवाद बारे छलफल हुने बताएका छन्। आज विहान एक सञ्चारमाध्यमसँग कुरा गर्दै महतले प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादबारे छलफल अघि बढाउने बताएका छन्।

‘प्रधानमन्त्रीको भारत भ्रमणमा यो बारे छलफल हुन्छ। तर आजको भोलि नै नतिजा आउँछ भन्ने छैन।’ प्रवक्ता महतले महाकाली सन्धी संशोधन नहुनु दुःखद रहेको बताएका छन्। उनले प्रधानमन्त्रीले यसबारेमा पनि भारत भ्रमणमा कुरा गर्ने बताएका छन्। उनले नेपाल-भारतबीच सीमा विवाद भएको तर छलफलबाट समाधान खोजिने बताएका छन्।

प्रतिक्रिया