

चिरपट र ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा तामाङ पक्राउ
सिन्धुपाल्चोक – आफ्नै श्रीमतीलाई चिरपट र ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका(१ स्याउले बस्ने ४४ वर्षीय दाउरे भन्ने मेख बहादुर तामाङले ४४ वर्षीया श्रीमती सुकुमाया तामाङलाई चिरपट र ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोग मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
घरायसी बादबिबादको क्रममा तामाङले श्रीमतीलाई चिरपट र ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते सुकुमायाको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

