गगन थापाको प्रश्नः चुनावमा कम्युनिष्ट मिल्न नदिएर लोकतन्त्र बचायौँ भनेर जाने हो ?


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू गठबन्धनको पक्षमा नरहेको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।  उनले चुनावमा गर्ने गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न नसकिने बताए ।

“म गठबन्धनको पक्षमा छैन । गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न सकिँदैन । देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्न भन्ने हो भने तिनले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ? अहिले हँसिया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ?,” उनको भनाइ थियो ।

‘देशभरमा लाखौ नयाँ मतदाता छन्,’ थापाले भने ‘उनीहरुलाई पहिलो पटक नै रुखमा भोट हाल्न लगाउने हो ।’ पहिलो पटक मत हाल्ने मतदातालाई यो पटक रुखमा भोट हाल्न लगाइने भने पछिल्लो चुनावमा रुखमा मत माग्न नसकिने उनको भनाइ छ ।

उनले कम्युनिष्टबाट लोकतन्त्र खतरामा छ भनेर बारम्बार भनेको स्मरण गर्दै अबको चुनावमा कम्युनिष्ट मिल्न नदिएर लोकतन्त्र बचायौँ भनेर जाने हो ? भन्दै प्रश्न गरेका थिए ।

प्रतिक्रिया