

आवश्यकता हेरेर गठबन्धन गरौँः विश्वप्रकाश शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा आवश्यकता हेरेर मात्रै गठबन्धन सम्बन्धमा निर्णय गर्नुपर्ने बताएका छन् ।
जारी केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् । शर्माले अघिल्लो चुनावमा कांग्रेसले ल्याएको मत र अरु पार्टीले ल्याएकोमा के फरक छ भन्ने बारेमा स्पष्ट पारेका थिए ।

