राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति गठन, को-को परे? (सुचिसहित)


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति गठन गरिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार आज (सोमबार) कार्यसम्पादन समिति गठन गरेका हुन्।

विधानअनुसार ३३ सदस्यीय समिति बनाउनुपर्ने भए पनि अहिले २० सदस्यीय समिति बनाइएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

जसमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षहरु बुद्धिमान तामाङ, बिक्रम पाण्डे, ध्रुब बहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङ, मुकुन्द श्याम गिरी रहेका छन् ।

यसैगरी, महामन्त्रीहरु डा। धवल शमशेर राणा, भुवन पाठक, कुन्ती कुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद साह, केन्द्रीय सदस्यहरु दीपक बोहोरा, नवराज सुवेदी, हरि बहादुर बस्नेत, बालाराम घर्ती मगर, जयन्त चन्द, टंक ढकाल, ठाकुर प्रसाद शर्मा र ऋषि बाबु परियार केन्द्रीय कार्यसम्पादन समितिमा समेटिएका छन् ।

प्रतिक्रिया