माओवादी अध्यक्ष प्रचण्ड आज रोल्पा जाँदै


काठमाडौँ – स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताहरुको दौडधुप बढेको छ । दलका नेताहरुलाई गाउँ गाउँका सभा/सम्मेलनलाई सम्बोधन गर्न भ्याइनभ्याइ छ ।

यसैक्रममा सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ रोल्पा जाने भएका छन् । प्रचण्डले रोल्पाको लिबाङमा आयोजना हुने बृहत् जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सरकारले वैशाख ३० गतेलाई स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ ।

प्रतिक्रिया