

उदयपुरमा आगलागी : एक जनाको मृत्यु, सात घर जले

उदयपुर- उदयपुरमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ। आगलागीमा सात घर जलेर नष्ट भएका छन्। उदयपुरगढी गाउँपालिका– १ शिखरपुरमा आइतबार साँझ आगलागी भएको हो। घरमा आगो लाग्दा स्थानीय ६८ वर्षीया शिवमाया मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
स्थानीय ओमबहादुर मगरको घरबाट सुरु भएको आगलागीले वरपरका अन्य ६ घर पनि जलेका छन्। आगलागीबाट भैरबबहादुर ग्राङ्जा मगर, पदमबहादुर ग्राङ्जा मगर, यम्बरबहादुर ग्राङ्जा मगर, दिपबहादुर ग्राङ्जा मगर, धनमाया ग्राङ्जा मगर, शेरबहादुर ग्राङ्जा मगर र ओमबहादुर ग्राङ्जा मगरको घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीमा दर्जनौँ पशुचौपाया पनि जलेर मरेका छन्। आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ। स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो

