आजको मौसम : यी क्षेत्रमा मेघगर्जनसहित वर्षा


काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ । अहिले प्रदेश नम्बर–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । अरू भू–भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश–१, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश–१, वागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ को पहाडी भू–भागका एक वा दुई स्थानमा मेगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया