

सन् १९८६ पछि बल्ल यसपटक विश्वकप खेल्दै क्यानडा

काठमाडाैँ- क्यानडा सन् १९८६ पछि पहिलोपटक फिफा विश्वकपमा पुगेको छ। आइतबार राति भएको खेलमा जमैकालाई ४–० गोल अन्तरले पराजित गर्दै क्यानडाले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो। आइतबारका जितसँगै क्यानडा उत्तर अमेरिकी छनोटअन्तर्गत शीर्ष ३ मा रहने पक्का भएको हो।
उत्तर अमेरिकाबाट सोझै विश्वकपमा छनोट हुन अब अमेरिका, कोस्टारिका, मेक्सिको र पानामाको सम्भावना बाँकी छ।यी मध्ये दुई टोली सोझै विश्वकपमा पुग्नेछन्। चौथो हुने टोलीले प्ले अफ खेल्ने मौका पाउनेछ।

