सवारी लाइसेन्स : आवेदन दिएको १५ दिनभित्र परीक्षा गर्ने तयारी


काठमाडौं – यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन दिएको १५ दिनभित्र ट्रायल र लिखित परीक्षा दिलाउने तयारी गरेको छ । विभागले एक महिनाका लागि नयाँ आवेदन बन्द गरेर यस्तो व्यवस्था ल्याउने तयारी गरेको हो । अबको केही महिनामै यस्तो व्यवस्था ल्याउन लागेको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।

नयाँ आवेदकले आवेदन दिएको १५ दिनभित्र पालो आउने व्यवस्था ल्याउन लागिएको उनले बताए । ‘आवेदन दिएको १५ दिनभित्र ट्रायल परीक्षाको पालो आउनेछ । आवेदकले आवेदन दिएको एक सातामा कर्न्फम डेट पाउँछ । त्यसपछि परीक्षाको पालो एक सातापछि आउँछ,’ उनले भने, ‘त्यसपछि देशैभरका यातायात कार्यालयमा कहाँ कति सिट खाली छ भन्ने कुरा विभागको सिस्टमले देखाउनेछ ।’

प्रतिक्रिया