
चिनियाँ विदेशमन्त्री काठमाडाैँमा, एमाले र माओवादीका नेताहरू चीनमा
काठमाडाैँ- चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं ओर्लिने दिन बिहानै नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ चीन उडेका छन् । शुक्रबार बिहान गुरुङसहित नेता वर्षमान पुन र ओनसरी घर्तीसमेत चीन प्रस्थान गरेका हुन् । पुन र घर्ती भने स्वास्थ्य उपचारको फलोअपका लागि गएका हुन् ।
गुरुङ चीनले आयोजना गर्ने एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन गएका हुन् । गुरुङकी श्रीमती तथा सांसद यशोदा सुवेदी गुरुङले अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने चीन गएको बताइन् ।
गुरुङ सहभागी हुने कार्यक्रम कति दिनको हो भन्ने खुलाइएकाे छैन । गुरुङसहितको टोली शुक्रबार बिहान ९ बजे चीन प्रस्थान गरेको हो । एमाले उपाध्यक्ष विष्णु पौडेलसहित चार सदस्यीय टोली चीन भ्रमणमा निस्केको ५ दिनपछि माओवादी नेताहरूको टोली चीन लागेको हो । चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिकको अपरेसन एण्ड कल्चरल एक्सचेन्ज’ मा भाग लिन गएको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणकै वरिपरि एमाले र माओवादी केन्द्रका नेताहरूको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । चीन पछिल्लो दिनमा एमाले र माओवादी केन्द्रको एकता सम्भव नभए पनि कम्तीमा चुनावी गठबन्धनको पक्षमा देखिएको छ । काठमाडौंमा वाम गठबन्धनको चर्चा चलेका भएका यी भ्रमणले थप बल पुर्याउने विश्लेषण हुन थालेको छ ।



कागजपत्र |
