
यस्तो रहनेछ आजको मौसम
काठमाडौँ– प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १ र बागमतीका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको पनि सम्भावना रहेको छ ।
अहिले बिहानीपख पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने पूर्वानुमान महाशाखाले गरेको छ । मौसमविद्का अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न तथा पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चटयाङ्सहित वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



कागजपत्र |
