यातायात व्यवस्था विभागले सच्यायाे सूचना, सेवा भाेलि बिहानसम्म मात्रै बन्द


काठमाडौँ –  यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट दिइने सेवा अनिश्चितकालका लागि अवरुद्ध हुने सूचना सच्याएकाे छ । विभागले बुधबार दोस्रोपटक सूचना जारी गर्दै विद्युत् आपूर्ति प्रणाली यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले बुधबार अपरान्ह ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि मात्रै सेवा अवरुद्ध हुने जनाएकाे हाे ।

संशोधित सूचनामा उक्त अवधिभर यातायात कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द हुने विभागका प्रवक्ता लोकनाथ भुसालले बताएका छन् । यसअघि सर्भरहरूमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजेदेखि समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने भन्दै सूचना जारी गरेको थियो ।  यसले  सेवा अवरूद्ध कहिले सुचारू हुन्छ भन्ने अनिश्चित भएको भन्दै सामाजिक सञ्जालमा विभागको  आलोचना भएको थियो ।

प्रतिक्रिया