एमालेको संगठित सदस्य आठ लाख ५५ हजार पुग्यो : ओली


काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले संगठित सदस्यको संख्या तीन गुना बढेको दाबी गरेका छन् । कार्की ब्यांक्वेटमा जारी केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमार्फत ओलीले उक्त दाबी गरेका हुन् ।

‘गत असोजदेखि संगठनात्मक सुदृढीकरणको विशेष अभियान सञ्चालन गरेका थियौं, यसक्रममा नवौं महाधिवेशनको तुलनामा पार्टी सदस्यता विस्तार र नवीकरण झन्डै तीन गुना बढेर आठ लाख ५५ हजार पुग्यो,’ ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया