

काठमाडौंको शंखमुलमा दिउँसै खुकुरी हानाहान

काठमाडौं- काठमाडौंको शंखमुलमा खुकुरी हानाहान भएको छ । बुधबार दिउँसो शंखमुल पुल नजिकै युवाहरूको दुई समूहबीच खुकुरी हानाहान हुँदा एक जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।
घाइतेको टाउको र हातमा चोट लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनको उपचारको लागि सिभिल अस्पताल पठाइएको छ।
प्रहरीले घाइते र खुकुरी हान्ने व्यक्तिको पहिचान भएपनि खुलाएको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

